पोखरामा नगर प्रहरी निरीक्षकलाई हातपात गरेको आरोपमा घिमिरे प्रकाउ
पाेखरा | मंसिर २४, २०८०
पोखरा: पोखरा महानगरपालिकाका नगर प्रहरी निरीक्षकलाई हातपात गरेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका–४ महेन्द्रपुलस्थित सार्वजनिक स्थान सडक पेटीमा व्यापारिक प्रयोजनका लागि राखिएका सामाग्री हटाउने क्रममा नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापालाई अपशब्द प्रयोग गर्दै हातपात गरेको आरोपमा प्रहरीले ४५ वर्षीय गोविन्द प्रसाद घिमिरेलाई प्रकाउ गरेको हो ।
नगर प्रहरी निरीक्षक थापाले सार्वजनिक स्थान सडक पेटीमा व्यापारिक प्रयोजनका लागि राखिएको सामाग्री हटाउने क्रममा घिमिरेले अपशब्द प्रयोग गर्दै हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका घिमिरेलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता विरुद्धको कसुर (अभ्रद व्यवहार) मा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

